५ मंसिर, काठमाडौं । आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी तोकेपछि उनी बुधबार हिरासतबाट छुटेका हुन् भन्ने जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले दिए।
गायिका नितु पौडेल मृत भेटिएपछि प्रहरीले गिरी विरुद्ध अनुसन्धान अघि बढाएको थियो। पौडेलले अनामनगरस्थित गिरीकै स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन्।
पौडेल परिवारले नितु र बाबुल प्रेम सम्बन्धमा रहेको दाबी गर्दै विवाह गर्न नमानेपछि नितुले आत्महत्या गरेको आरोप लगाएका छन्।





