खेलकुद

चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष

१० मङ्सिर, काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष दिएका छ ।

वि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरले टस जितेर बलिङ रोज्दा चितवनले २० ओभरमा १७४ रन बनाएको छ । चितवनले आफ्नो ४ विकेटको मात्र क्षेती गरेको थियो ।

रबी बोपाराले चितवको सार्वधिक रन बनाएका छन् । उनी एक्लैले ६५ रन बनाएर अन्तिम ओभरमा आउट भएका थिए ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले २ विकेट लिएका थिए ।

विराटनगर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । कुशल मल्लको नेतृत्वमा रहेको चितवन दुई खेलबाट दुई अङ्कका साथ तालिकाको चौथो स्थानमा छ ।

विराटनगर लगातार चौथो खेल जित्दै प्ले अफमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने दाउमा छ । यसअघि एकमा हार र एकमा जित निकालेको चितवन आजको खेल जितेर विराटनगरको अपराजित यात्रामा विराम लगाउने योजनामा छ ।