१२ मङ्सिर, काठमाडौँ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष दिएको छ । टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको छ ।
तीन खेलबाट दुई अङ्क मात्रै जोडेको कर्णालीलाई प्लेअफमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । अङ्कतालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जिते उसको प्लेअफको यात्रा सहज हुनेछ । यसअघि आजको पहिलो खेलमा काठमाडौँले चितवनलाई हराएको थियोे ।





