४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। टस जित्दै कर्णाली याक्सका कप्तान सोमपाल कामीले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् र गोर्खाजलाई फिल्डिङका लागि आमन्त्रित गरेका छन्।
काठमान्डु गोर्खाजले आज एक परिवर्तन गर्दै दिपेश कँडेलको स्थानमा भीम सार्कीलाई टोलीमा समावेश गरेको छ। कर्णाली याक्स भने अघिल्लो खेलकै समान टिम लिएर मैदानमा उत्रिएको छ।
करण केसीको कप्तानीमा रहेको काठमान्डुले पाँच खेलमध्ये दुईमा जित निकाल्दै ४ अंकका साथ तालिकाको तेस्रो स्थान जमाएको छ। प्लेअफ नजिक पुग्न गोर्खाजका लागि पनि आजको खेल अत्यन्तै महत्वपूर्ण छ।
चार खेल खेलिसकेको कर्णाली याक्स केवल एक खेलमा विजयी रहँदै २ अंकका साथ छैटौं स्थानमा छ। प्लेअफको दौडमा टिकिरहन उसलाई आज अनिवार्य जित आवश्यक छ।





