१९ मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको मुद्दा शुक्रबार विशेष अदालतमा सुनुवाइका क्रममा केही कारणले स्थगित भएको छ। थुनछेक बहसको क्रममा न्यायाधीशले मुद्दा हेर्न नमिल्ने सम्भावित प्रश्न उठाएपछि अदालतले सुनुवाइ रोक्दै यसलाई आइतबारसम्मका लागि सार्ने निर्णय गरेको हो।
अदालतले अगाडिको सुनुवाइसम्म अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै जिम्मा रहने व्यवस्था गरेको छ भन्ने जानकारी विशेष अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले दिएका छन्।





