१९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच शुक्रबार दिउँसो राजधानी काठमाडौंको महाराजगञ्जस्थित देउवाको निवासमा भेटवार्ता भएको छ।
भेटमा दुवै नेतासँगै देउवाको पत्नी आरजु राणा देउवा र ओलीकी पत्नी राधिका शाक्य पनि उपस्थित थिइन्। सचिवालयका अनुसार, भेटवार्तामा राजनीतिक विषयसहित अन्य महत्वपूर्ण छलफल भएको जनाइएको छ।





