मंसिर २१, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपि शर्मा आलिको नयाँ घरको डिजाइनबारे व्यंग्यात्मक टिप्पणी गरेका छन्। मन्त्री पुनले साझा गरिएको तस्बिरसँगै ‘नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सजाय गर्नुपर्छ’ भन्दै व्यंग्यात्मक शैलीमा टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जालमा चर्चामा रहेको उक्त तस्बिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुर्ननिर्माण गरिएको नयाँ घरको डिजाइन भएको बताइन्छ। जेनजी आन्दोलनका क्रममा ओली निवासमा आगजनी गरेका थिए ।
आगजनी भएपछि, नयाँ संरचना निर्माण गरिन लागेको छ। यही प्रसङ्गलाई संदर्भ गर्दै पुनले व्यक्तिगत टिप्पणी शैलीमा आफ्नो विचार सार्वजनिक गरेका हुन्।
पुनको पोस्टमा प्रयोग गरिएको व्यंग्यात्मक भाषा र नयाँ घरको अनौठो डिजाइन सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा हुँदैछ। केहीले पुनको अभिव्यक्तिलाई हास्यव्यङ्ग्यका रूपमा लिएका छन् भने केहीले सार्वजनिक पदमा बसेका व्यक्तिबाट यस्ता टिप्पणी उपयुक्त नभएको प्रतिक्रिया दिएका छन्।
उक्त विषयमा सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया भने आएको छैन।





