अन्तर्राष्ट्रिय

चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै

२५ मंसिर, काठमाडौं । विश्व बैङ्कले बेइजिङमा बिहीबार सार्वजनिक गरेको नयाँ प्रतिवेदनले चीनको सन् २०२५ को आर्थिक वृद्धि दरलाई ०.४ प्रतिशत अङ्कले बढाएको छ । प्रतिवेदनका अनुसार सरकारी खर्च सहज हुनु, मौद्रिक नीतिहरू लचिलो रहनु र घरेलु उपभोग तथा लगानी बढ्नु चीनको अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य कारण बनेका छन्। विकासोन्मुख मुलुकहरूबाट निर्यातको माग बढ्दै जानु पनि चीनको आर्थिक गतिविधि बलियो हुन मद्दत पुगेको छ ।

विश्व बैङ्कका चीन, मङ्गोलिया र कोरियाका विभागीय निर्देशक मारा वारविकले भने,“आउँदा वर्षहरूमा चीनको आर्थिक वृद्धि मुख्यतः भित्री मागबाटै चल्नेछ। छोटो अवधिमा सरकारी प्रोत्साहन, सामाजिक सुरक्षा प्रणालीको सुधार र व्यवसायका लागि भरपर्दो वातावरण निर्माण गर्नाले समग्र अर्थतन्त्रमा विश्वास बढ्नेछ, जसले दीर्घकालीन रूपमा दिगो र स्थिर वृद्धिको आधार तयार पार्नेछ।”