२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्ने निश्चित भएको छ। यसअन्तर्गत चार जना नयाँ मन्त्री सरकारले समेट्न लागेको स्रोतले जनाएको छ।
शीतल निवासका उच्च स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री नियुक्त गर्ने तयारी छ। मन्त्रालयहरूको जिम्मेवारीसमेत टुंगो लागिसकेको छ ।
श्रद्धा श्रेष्ठ: महिला तथा बालबालिका, माधव चौलागाईं: वन, राजेन्द्रसिंह भण्डारी: श्रम र कुमार इङ्नाम: भूमिमा टुंगा लागेका छन् । नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे हुने बताइएको छ ।
यसअघि मन्त्रिपरिषद् १० सदस्यीय रहेको थियो। पछिल्लो ९ कात्तिकमा तेस्रोपटक गरिएको पुनर्गठनपछि डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
आजको विस्तारपछि मन्त्रिपरिषद् १४ सदस्यीय बन्नेछ ।





