२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार नहुने भएका छन्। २०७९ मा बाजुराबाट निर्वाचित पाण्डेले नयाँ पुस्तालाई अवसर दिनुपर्ने सोचका साथ चुनाव नलड्ने निर्णय गरेका हुन्।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले आफू पार्टी सुदृढीकरणमा सक्रिय हुने बताए। उनले भने, ‘सरकार–आन्दोलनकारी अन्तर्क्रियामा मेरो प्रत्यक्ष भूमिका नहोस् पनि मन्त्रिपरिषद्का सदस्यको नाताले नैतिक जिम्मेवारी लिन्छु।’
पाण्डेले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारीको इच्छा नरहेको स्पष्ट पारेका छन्।





