२६ मंसिर, काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएका छन्। मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा उनीहरूलाई पदमा नियुक्त गरेका हुन्। श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालय, चौलागाईंलाई वन, भण्डारीलाई श्रम, र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद् यसअघि गत भदौ ३०, असोज ६ गते र कात्तिक ९ गते विस्तार भएको थियो ।





