समाचार

धरहराजस्तै उठ्ने संदेशसहित एमाले महाधिवेशन उद्घाटन

२७ मंसिर, काठमाडौं । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा आत्मविश्वास र सङ्घर्षको प्रतीकको रूपमा न्यातपोल दरबार र धरहरालाई महाधिवेशनमा समेटिएको बताएका छन् ।

एमालेको ११औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै ज्ञवालीले न्यातपोल दरबारले भूकम्पको धक्का सहेर पनि गौरव कायम राखेको बताए भने, धरहरालाई नवनिर्माण र पुनरुत्थानको प्रतीकको रूपमा राखिएको उल्लेख गरे।

उनले भने, “जस्तै न्यातपोलले भूकम्प झेले पनि आफ्नो गौरव कायम राखेको छ, हामी पनि धरहराजस्तै धक्का चिरेर उठ्न सक्छौं। महाधिवेशनले यही सन्देश दिन खोजेको हो।”