२७ मङ्सिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् ।
उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् ।
राष्ट्रपति पौडेलले भनेका छन्, “खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ ।”





