समाचार

एमाले ११औं महाधिवेशनको बन्दसत्र ३ बजे सारियो

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गतको बन्दसत्रको समय फेरि सारिएको छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुने तय भएको छ।

यसअघि बिहानै सुरु गर्ने भनिएको बन्दसत्रको समय सारेर दिउँसो ३ बजे पुर्‍याइएको हो। केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजेका लागि सरेको जानकारी दिए।

बन्दसत्रअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका केही निर्णय उल्ट्याउँदै केन्द्रीय सदस्य संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरेको छ।