२९ मंसिर, काठमाडौं । भिजिट भिसा प्रकरणमा अनुसन्धान चलिरहेको हुँदा म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रि तिवारीलाई गृह मन्त्रालयतिर तानिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीसहित अन्य व्यक्तिहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिएको थियो।
गृह मन्त्रालय स्रोतका अनुसार, तिवारीलाई मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको छ। म्याग्दीको सीडीओको जिम्मेवारी भने शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव रवीन्द्र आचार्यलाई सुम्पिएको छ।
बद्रि तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उनको निजी सचिवको रूपमा कार्यरत थिए। केही दिनअघि विशेष अदालतमा दायर भएको भिजिट भिसा प्रकरणमा लेखकसहित तिवारी लगायतका व्यक्तिमाथि पनि छानबिन भइरहेको अख्तियारले जनाएको छ।
यस कदमपछि प्रकरणमा कारबाही र अनुसन्धान दुवै चरणमा तीब्रता आउन सक्ने देखिन्छ।





