३ पुस, काठमाडौं । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ ।
९ सचिवमध्ये सबैभन्दा बढी मत महेश बस्नेतले १५४४ मतसहित प्राप्त गरे । पद्माकुमारी अर्याल १५३० मतसहित दोस्रो स्थानमा रहिन् भने छविलाल विश्वकर्मा १५०६ मतसहित तेस्रो भए ।
सचिवमा विजयी अन्य उम्मेदवारमा शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कंडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) रहेका छन् ।





