समाचार

एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

अध्यक्षमा केपी शर्मा ओली समूहका उम्मेदवारहरूको वर्चस्व देखिएको छ । दुई प्यानल छुट्टाछुट्टै उम्मेदवार राखिएकोमा अधिकांश पदमा ओली प्यानल विजयी बनेको छ ।

पोखरेल प्यानलबाट केवल उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्टले सफलता पाएका छन् भने सचिवमा सबै पदमा ओली प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तो बन्यो ओली नेतृत्वको टिम :

अध्यक्ष : केपी शर्मा ओली

उपाध्यक्ष

विष्णु पौडेल

रामबहादुर थापा

पृथ्वीसुब्बा गुरुङ

रघुजी पन्त

गोकर्ण विष्ट

महासचिव

शंकर पोखरेल

उपमहासचिव

रघुवीर महासेठ

लेखराज भट्ट

योगेश भट्टराई

सचिव

छविलाल विश्वकर्मा

भानुभक्त ढकाल

पद्मा अर्याल

खगराज अधिकारी

यामलाल कँडेल

राजन भट्टराई

शेरधन राई

हिक्मत कार्की

महेश बस्नेत