समाचार

नख्खु कारागारबाट भागेका युवक पक्राउ, साथीको हत्या र ६ मुद्दामा अभियुक्त

१० पुस, काठमाडौं । ललितपुरको नख्खु कारागारबाट भागेका युवक आकाश मगरलाई काठमाडौंमा पक्राउ गरिएको छ। २२ वर्षीय मगर दाङको राप्ती गाउँपालिका–१ का बासिन्दा हुन् र उनी हाल ६ विभिन्न मुद्दाका अभियुक्त रहेको खुलेको छ।

आकाशले १३ असोजमा पर्साको ठोरी गाउँपालिका–५ मा साथी सुरज तामाङको खुकुरी प्रहार गरी हत्या गरेका थिए। उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए।

उनविरुद्ध यसअघि लुटपाट, डकैती, अभद्र व्यवहार, चोरी र लागु औषध सम्बन्धी समेत पाँच मुद्दा दर्ता भएका थिए। २४ भदौ २०८० मा जेनजी आन्दोलनको क्रममा कारागार तोडफोड गरी उनी भागेका थिए।

पक्राउ परेका मगरलाई अहिले साथी हत्याको मुद्दामा अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौरमा राखिएको छ।