१० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन् ।
ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा भएको भेटवार्ता सकिएपछि लामिछाने बाहिरिएका हुन् । वार्तापछि सञ्चारकर्मीले वार्ताको विषयबारे प्रश्न गर्दा उनले प्रतिप्रश्न गर्दै, “मेरो अनुहारले के भन्छ ?” भने ।
त्यसपछि ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’ भन्ने अर्को प्रश्नमा उनले, “बाँकी समयले बताउला, वार्ता राम्रो भयो,” भन्दै प्रतिक्रिया दिएका छन् ।





