११ पुस, काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु कायम रहने सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा अन्य तराई क्षेत्रमा मध्यान्नसम्म कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।
राति पनि तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने र सबै प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।





