समाचार

हर्क सम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेकपा प्रवेश

काठमाडौं, ११ पुस । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा उनको स्वागत गरेका हुन्।

यसअघि ५ पुसमा बुटवलमा भएको कार्यक्रममा डा. परियारको व्यवहार ठीक नभएको भन्दै पार्टी अध्यक्ष साम्पाङले उनलाई कारबाही गरेका थिए।

पार्टी प्रवेशको क्रममा प्रचण्डले डा. परियार जस्ता प्राज्ञिक व्यक्तित्वलाई स्वागत गर्न पाउँदा खुशी व्यक्त गरे। डा. परियारले पनि जनयुद्ध र गणतन्त्र स्थापनामा प्रचण्डको योगदानबाट प्रभावित भएको बताए र अब दलित मुक्ति आन्दोलनमा नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।