१२ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको एकता प्रस्ताव अस्वीकार गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले प्रस्तावमा तत्काल अघि बढ्न नसकिने निष्कर्ष निकाल्दै एकताका बाँकी संवाद अघि बढाउने जिम्मेवारी अध्यक्षलाई दिएको हो।
बैठकमा रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेकोबारे ब्रिफिङ गरिएको थियो। तर पार्टीको नाम र चुनाव चिन्ह घण्टीमै जाने प्रस्तावमा उज्यालो नेपालले फरक मत राख्दै पुनर्विचार आवश्यक ठहर गरेको छ।
पार्टीले सहअस्तित्वलाई मुख्य बुँदा बनाउँदै आवश्यक सहकार्यका लागि वैकल्पिक र अग्रगामी दलहरूलाई आह्वान गर्ने निर्णय पनि सार्वजनिक गरेको छ।





