समाचार

एफसी चितवनका अध्यक्ष सचिन रास्वपाको समानुपातिक सूचीमा

१५ पुस,  काठमाडौँ ।  फुटबल चितवन क्लव (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा परेका छन् । सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् ।

युवा समाजसेवी सचिन बालेन साहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छन् ।

पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको ब्यवस्थापनमा इला कम्फर्ट होटलहरू सन्चालनमा छन् ।