१५ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन्। मुटुरोग विशेषज्ञ डा. शेर्पा हाल वीर अस्पतालमा कार्यरत छन् र यसअघि काउन्सिलको सदस्यका रूपमा अनुभव पनि रहेका छन्।
मतगणना अनुसार डा. शेर्पाले ५,२३४ मत पाउँदै प्रतिस्पर्धी डा. गुरुशरण शाहलाई ८८४ मतले पराजित गरे। उपाध्यक्षका अर्का उम्मेदवार डा. अजयसिंह थापाले १,८४४ मत प्राप्त गरे।
यसैगरी मेडिकल काउन्सिलको सदस्य पदमा डा. छविलाल पन्थी सर्वाधिक ४,८५७ मत ल्याएर विजयी भएका छन्। अन्य निर्वाचित सदस्यहरूमा डा. सारिका गोइत (४,४७९), डा. दिपेन्द्र पाण्डे (४,०१५), डा. योविन कुमार यादव (३,६४८), डा. अस्मिता पोखरेल (३,४०४), डा. सम्राट पराजुली (३,२८२), डा. रबिन बस्नेत (३,०७२) र निना राई (३,१११) रहेका छन्।
निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११,९२२ मत खसेका थिए। काठमाडौं उपत्यकाबाट ५,०७६ र उपत्यका बाहिर ६,८४६ मत परेका थिए।
उपाध्यक्ष र सदस्यहरूको पदावधि चार वर्षको रहने व्यवस्था छ





