३ माघ, काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको शनिबार काठमाडौंमा बिदाइ गरिएको छ। नेपाली टोली विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेलहरू पनि खेल्नेछ।
क्यान सचिव पारस खड्काले टोलीलाई शुभकामना दिँदै भने, “यो समग्र विश्वले पनि हेर्ने कुरा हो, हामी राम्रो गरिरहेका छौं। भारतमा समर्थकहरूको साथ रहने आशा छ।” कप्तान रोहित पौडेलले तयारी राम्रो भएको बताए भने प्रशिक्षक स्टुअर्ट लले पनि विश्वकपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
नेपाली टोलीको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ। टोलीले विश्वकपअघि श्रीलंका ‘ए’ र भारतको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल्नेछ।





