प्रदेश 1

ओली पुगे गृहजिल्ला झापा

५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नो गृहजिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाईमार्ग हुँदै भद्रपुर विमानस्थल अवतरण गरेका हुन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । निर्वाचन केन्द्रित राजनीतिक भेटघाट र जिल्लास्तरीय कार्यक्रममा सहभागी हुन उनी झापा पुगेको एमाले स्रोतले जनाएको छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) पनि आजै झापा जाने भएका छन् । रास्वपाका अनुसार उनले पहिले जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्नेछन् र त्यसपछि झापा प्रस्थान गर्नेछन् ।

झापा–५ मा बालेनले पनि उम्मेदवारी दिने निश्चित भइसकेकाले यस क्षेत्रको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।