८ माघ, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएकी छन्।
नेपालले पहिलो खेलमा थाइल्यान्डसँग पराजय भोगेको थियो भने नेदरल्यान्ड्सले आफ्नो दुई खेलमा जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ।
आजको खेलमा नेपालले आफ्नो पहिलो खेलको प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन। नेपालको प्लेइङ ११ मा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ र कविता जोशी रहेका छन्।





