८ माघ, बारा । राष्ट्रिय बास्केटबल खेलाडी अजय कुशवाहा यसपटक खेलमैदान होइन, चुनावी मैदानमा देखिएका छन्। नेपाली कम्युनिस्ट पार्टीले उनलाई बारा–४ बाट उम्मेदवार बनाएको हो।
२७ वर्षीय कुशवाहा खेलकुदमा लोकप्रिय छन्, तर राजनीतिक अनुभव सीमित छ। प्रारम्भमा नेकपाले क्षेत्रबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने योजना गरेको थियो, तर अन्ततः कुशवाहालाई टिकट दिइएको थियो।
उनको प्रतिस्पर्धा निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ, रास्वपाका रहबर अन्सारी र कांग्रेसका श्यामबाबु गुप्तासँग हुनेछ। फागुन २१ को मतदानले उनको खेल मैदानबाट संसद यात्रा सफल हुन्छ कि हुँदैन भन्ने निर्णय गर्नेछ।





