राजनीति

देशले चाहेको व्यक्तिलाई सहयोग गर्ने भट्टराईको प्रतिबद्धता

काठमाडौं, ९ माघ । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा देशले आवश्यक ठानेको व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै भट्टराईले भने, “आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्दछु।”

उनले विभिन्न दल र व्यक्तित्वहरूको आग्रहपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएका छन्। भट्टराईले थपे, “म बाहिर रहेर अभिभावकीय भूमिकामा दलहरूलाई सघाउने उचित हुने ठानेको छु। देशमा तीव्र आर्थिक विकास र समृद्धिको आधार तयार पार्न यसबाट सहयोग पुग्नेछ।”

यसअघि रास्वपा पार्टीले उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो र यसै क्षेत्रबाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी चुनावी मैदानमा रहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपाने र प्रचण्डले निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्।

भट्टराईले आफ्नो निर्णयको कारण स्पष्ट पार्दै भने कि जीवनभरको अभिष्ट र संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्था मजबुत बनाउन बाहिरै रहँदै अभिभावकीय भूमिका निर्वाह गर्नु उचित हुने देखिएको हो।