२२ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार करिब दुई घण्टासम्म वार्ता भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहान करिब ९ बजे बालुवाटार पुगेका थिए।
वार्तामा दुवै पक्षले समसामयिक राजनीति र आगामी निर्वाचनबारे गहन छलफल गरेका हुन्। छलफलका क्रममा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित गर्न आवश्यक कदमबारे विचार विमर्श गरिएको बताइएको छ।
अध्यक्ष ओलीले एकै चरणमा निर्वाचन गर्न सरकारले अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए। प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच निर्वाचनको तयारी एकै चरणमा अघि बढाउने विषयमा सहमति भएको स्रोतले जानकारी दिएको छ।





