समाचार

नेपाल बन्दका क्रममा भैरहवामा शंकास्पद वस्तु, डिस्पोज गर्दा बियर क्यानभित्र माटो–ढुङ्गा

५ फागुन, बुटवल । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दका क्रममा भैरहवाको लुम्बिनी गेट नजिक शंकास्पद वस्तु भेटिएपछि केही समय तनावको अवस्था सिर्जना भएको छ।

बोराभित्र राखिएको उक्त वस्तुको बाहिरपट्टि ‘नेपाल बन्द सफल पारौँ’ भन्ने लेखिएको कागज टाँसिएको थियो। शंकास्पद देखिएपछि सुरक्षाका कारण उक्त सडक खण्डमा केही समय सवारी आवागमन रोकिएको थियो।

सूचनापछि पुगेको **नेपाली सेना**को टोलीले वस्तु डिस्पोज गर्दा क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखिएको पाइएको **रुपन्देही प्रहरी**ले जनाएको छ। सर्वसाधारणलाई डरत्रास फैलाउने उद्देश्यले यस्तो गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

फागुन २१ गते हुने निर्वाचन बहिष्कारको आह्वान गर्दै बन्द गरिएको पार्टीको भनाइ छ। बन्दका कारण जिल्लाका शिक्षण संस्था बन्द रहेका छन् भने सवारी साधन सञ्चालन हुन सकेका छैनन्। यद्यपि, बजार क्षेत्र भने आंशिक रूपमा खुलेका देखिएका छन्।