बाग्मती

पैदल यात्रीलाई कुटपीट गरेको भिडियो भाईरल भएपछि पारस पक्राउ र सात दिनको म्याद थप

५ फागुन, काठमाडौँ । सर्बसाधारणलाई हातपमात गर्ने एक ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । आज हातपात गरेको भिडियो भाईरल भएपछि प्रहरीले प्रक्राउ गरी म्यादसमेत थप गरेको छ ।

प्रहरीले पक्राउपछि विज्ञप्तीमार्फत भनेको छ, ‘जिल्ला काठमाडौं, नारायण गोपाल चोक स्थित सडक खण्डमा बा ३ च ११०३ नं। को निजी जिप चालकले सार्वजनिक स्थलमा पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गरेको भिडियो विभिन्न सामाजिक सञ्जालमा देखिएकोमा उक्त जिप चालक जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका ३ बस्ने वर्ष ४२ को पारस बम काठमाडौं उपत्यका प्रहरी ट्राफिक प्रहरी कार्यालयबाट दाखिला हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको ।’