१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदातालाई नयाँ विकल्प खोज्दा देशलाई हुने असरबारे सोच्न आग्रह गरेका छन्। शुक्रबार पोखरामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “२०६४ सालमा नयाँ विकल्प खोज्दा माओवादीलाई दुई तिहाइ मत दिँदा देशले सही बाटो पाएको थिएन। त्यसैले अहिले निर्णय गर्दा पहिलेको गल्ती दोहोरिन नदिन विवेकपूर्ण छनोट गर्नुपर्छ।”
उपसभापति शर्माले अहिलेको मूल प्रश्न कसले नेतृत्व गर्ने होइन, तर आगामी २३–२४ गतेपछिका राजनीतिक चुनौतीहरुलाई कसले व्यवस्थित गर्न सक्छ भन्ने भएको बताए। उनले बताए, २०७० सालमा कांग्रेस सबैभन्दा ठूलो दल बनेपछि मात्रै देशले संविधान पाएको थियो। त्यसैले अहिले पनि संयमताका साथ निर्णय लिन आवश्यक छ।





