अन्तर्राष्ट्रिय

इरानका सर्वोच्च नेता खामेनी मारिएका छन्: राष्ट्रपति ट्रम्प

१७ फागुन, गाँजा ।  इरानका सर्वोच्च नेता अयातोला अलि खामेनी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

शनिवार भएको इजरायल र अमेरिकाको आक्रमणमा परि उनको मृत्यु भएको बताइएको छ । 

इरानमाथि इजरायल र अमेरिकाको संयुक्त आक्रमण भएको केही बेरमा नै इरानले मध्यपूर्वका साउदी अरब, कतार, कुवेतलगायतका मुलुकहरूमा रहेका अमेरिकी सुरक्षा फौज नजिक आक्रमण गरेको थियो । 

अमेरिका र इजरायलले आक्रमण गर्दा इरानका परराष्ट्र मन्त्रीलगायत उच्च अधिकारीको पनि निधन भएको बताइएको थियो । 

डोनाल्ड ट्रम्पले अयोतल्लाह अलि खामेनी मारिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छन् ।