१९ फागुन, सुर्खेत । सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला परेको छ। मंगलबार बिहान भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकर ‘खतरा’ लेखिएको अवस्थामा भेटिएको थियो। स्थानीयले घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी निरीक्षक प्रकाश के.सीका अनुसार, सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। सडक क्षेत्रमा सुरक्षा घेरा कायम गरी सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय भइरहेको छ। सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर जाँच तथा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाउने तयारीमा रहेको जनाइएको छ।





