२१ फागुन, काठमाडौं । रास्वपा नेता बालेन शाह आज झापा जाने क्रममा काठमाडौं फर्किनु परेको छ। हेलिकप्टरले खराब मौसमका कारण झापामा ल्यान्ड गर्न नसकेपछि पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको हो।
हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं–झापा) उडानमार्फत शाहसहित ५ सदस्यीय टोली बिहान ०९:१२ बजे झापाका लागि प्रस्थान गरेको थियो। तर मौसम प्रतिकूल भएको कारण उडान डाइभर्ट हुँदै १०:१० बजे काठमाडौंमा ल्यान्ड गरेको रिपोर्ट छ।
बाल्ने शाह विहान काठमाडौंमै भोट हालेर त्यसपछि झापा प्रस्थान गरेका थिए।





