२४ फागुन, काठमाडौं । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन्। उनले १६ हजार ६६३ मत ल्याएर निर्वाचित हुँदा, नेकपा एमालेका शेरधन राई १४ हजार ७५० मतसहित पछि परे। शेरधन राई हाल कोशी प्रदेशका मुख्यमन्त्री हुन्।
अन्य प्रतिस्पर्धीमा नेपाल कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६७०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझाले ६ हजार १०२, नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राईले ५ हजार ७२८ मत प्राप्त गरे। राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले ८१२ मत मात्र पाए।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ र महासचिव आरेन राई खोटाङबाट पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन्।





