आर्थिक

सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

१० चैत, काठमाडौं । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले आफ्नो साधारण सेयर ९आईपीओ० निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ८ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि पनि ८ लाख ५० हजार कित्ता सेयर, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गर्ने तयारी गरेको हो।

यस सम्बन्धमा भएको सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाइड्रोपावर लिमिटेडका सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन्।

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ।