१४ चैत, काठमाडौं । पुर्वप्रधानमन्त्री र पुर्व गृहमन्त्री पक्राउ परेपछि नवनियुक्त गृहमन्त्री सुदन गुरुङले न्याएको सुरुवात भएको बताएका छन् । साथै गृहमन्त्री गुरुङले कसैप्रति प्रतिसोध नसाँधिएको समेत बताएका छन् ।
गत भदौं २३ र २४ गतेको जेनजी घटनासमबन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा आज बिहानै एमाले अध्यक्ष केपी शर्मा ओली र पुर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई उनहिरुकै निवासबाट पक्राउ गरेको छ ।
उनिहरु दुबैलाई पक्राउ गरि काठमाडौं जिल्ला प्रहरी परिसर ल्याउँदे गरिएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।






