१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली उक्राउ परेपछि पार्टीका नेताहरूले विरोध जनाएका छन् ।
ओली गुण्डुस्थित निवासबाट पक्राउ परेपछि नेता प्रदीप ज्ञवालीले सरकार प्रतिशोध र द्वन्द्वको बाटोमा हिँडेको बताएका छन् । तर, सरकारले चाहेजस्तो नहुने उनको भनाइ छ ।
‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार । तर, उसले चाहेजस्तो हुने छैन’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
भदौ २३ र २४ मा भएको जेन–जी विद्रोहमा युवाको ज्यान लिएको गौरीबहादुर कार्कीको जाँचबुझ आयोगको सिफारिसअनुसार ओली आज बिहान पक्राउ परेका थिए । ओलीलाई हराएका वालेन्द्र शाह नेतृत्वमा सरकार बनेलगत्तै ओली पक्राउ परेका हुन् ।
वालेन्द्र सरकारले पहिलो निर्णयमै आयोगको प्रतिवेदन कार्यान्वयनमा लाने निर्णय गरेको थियो ।






