राजनीति

स्वास्थ्य परिक्षणका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट टिचिङ लगियो

१४ चैत, काडमाडौं । पक्राउ परेका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगिएको छ।

जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको आरोपमा आज बिहानै गुन्डुस्थित निवासबाटै गिरफ्तार गरिएका एमाले अध्यक्ष ओलीलाई मेडिकल चेकजाँचका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरबाट टिचिङ अस्पताल पुर्‍याइएको हो।

कानुनी प्रक्रिया मिलाउन काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल काठमाडौँ प्रहरी परिसर पुगेका थिए।