समाचार

प्रधानमन्त्री बालेन्द्रको प्रमुख सल्लाहकारमा बेन र राजनीतिक सल्लाहकारमा शाह नियुक्त

१५ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् ।·

कुमार र असिम बालेनका निकट सहयोगी हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर छँदै सहयोग गर्दै आएका छन् ।

बालेन र रवि लामिछानेबीचको सहकार्य कुमार बेनको ललितपुरस्थित घर र असिम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलबाट भएको थियो । कुमार बेन युवाहरुलाई एकढिक्का बनाउन माहिर छन् ।