समाचार

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्व मन्त्री खड्का अस्पताल भर्ना

१६ चैत, काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो । आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।

तर, खड्का आज त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार खड्कालाई आज बिहान ३ बजे अस्पताल ल्याइएको थियो । अहिले १०२९ बेड नम्बरमा भर्ना गरिएको छ ।