ब्रेकिङ न्युज

खरानीबाट फेरि उठ्यो विराटनगर भाटभटेनी, उद्घाटनसँगै किनमेल गर्नेको भीड

२७ असार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त बनेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनः सञ्चालनमा आएको छ।

गत भदौ २४ गते भएको आगजनीले सुपरमार्केटमा ठूलो क्षति पुगेपछि सेवा पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि तीव्र गतिमा पुनर्निर्माणको काम अघि बढाइएको थियो। निर्माण कार्य छिटो सम्पन्न गर्न तीन सिफ्टमा निरन्तर काम गरिएको जनाइएको छ।

पुनर्निर्माण सम्पन्न भएपछि शनिबारदेखि भाटभटेनीले औपचारिक रूपमा सेवा सुरु गरेको हो। लामो समयपछि प्रमुख किनमेल केन्द्र पुनः खुलेसँगै पहिलो दिनदेखि नै उपभोक्ताको उल्लेख्य भीड देखिएको छ।

विराटनगरका सर्वाधिक व्यस्त किनमेल गन्तव्यमध्ये एक मानिने भाटभटेनी सञ्चालनमा फर्किएसँगै स्थानीय बजारमा पनि पुनः चहलपहल बढ्ने अपेक्षा गरिएको छ।