२८ असार, काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
सुकुम्वासीहरूको शून्य व्यवस्थापन, सरकारको दमन र गैरन्यायिक पक्राउविरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिरहेको हो ।
प्रदर्शनका क्रममा उनीहरूले सुकुम्वासी यहाँ छ, रवि–वालेन कहाँ छ ? सरकार मालपानीको गाडीमा सुकुम्वासी सारा बाढीमाु, जनताको आवाज दबाउन पाइँदैनु जस्ता प्लेकार्ड बोकेर नारा लगाएका छन् ।
७८ दिनदेखि सरकार सुकुम्वासीको व्यवस्थापनका नाममा बिचल्ली पारेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको आरोप छ।
सरकारले उपत्यकाका खोलाकिनारमा रहेका सुकुम्वासी बस्ती हटाएर विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा शनिबार बिहान बाढी पसेको थियो । सोही दिन जेनजी अभियन्तालाई पक्राउ गरिएपछि सुकुम्वासीपीडितहरू आन्दोलित भएका हुन् ।




