काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वाईडबडी खरिद प्रकरणमा रबिन्द्र अधिकारी निर्दोष छन भन्ने अभिब्यक्ती दिएर प्रधानमन्त्रीले सर्बसत्ताबादी शासन ब्यवस्थाको झल्को दिएको बताएका छन् ।
‘रबिन्द्र अधिकारीको अन्त्यष्टी नहूॅदै उनी निर्दोषी भनेर फैसला गर्ने प्रधानमन्त्री न्यायधिस हो ? त्यो अधिकार उहॉलाई कसले दियो?’ डा कोइरालाले भने, “चाहे जतिसूकै ठूला नेता हून वाइडबडी, बूडीगण्डकी अथवा एनसेल प्रकरणमा दोषी छ भने कानूनी कठघरामा ल्याईनूपर्छ। पदमा बसेको जथाभावी जे मन लाग्यो बोल्दै हिंड्न मिल्दैन।’
प्रजातन्त्रबादी प्राध्यापक संघ गण्डकी प्रदेसले पोखरामा आयोजना गरेको ‘समसामयिक राजनितीमा देखापरेका जटिलता र निराकारणका उपाय’ बिषयक अन्तरक्रियालाई संबोधन गर्दै कोइरालाले समयमै पार्टीको १४ औं महाअधिवेशन गरिनूपर्ने बताए। उनले महाधिवेशन गर्न जती ढिला गर्यो त्यती पार्टी कमजोर हूने बताए।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले बिधान अनुसार हिंड्न नसकेकाले पार्टी संकटमा पूगेको बताए । घिमिरेले ३२ बर्षे उमेर हद लगाएर नेबिसंघको केन्द्रिय समिती बनाईनूपर्ने धारणा राखे। कार्यक्रममा कांग्रेस पुर्व आमन्त्रित केन्द्रिय सदस्य शूक्रराज शर्मा, पुर्वमन्त्री यज्ञबहादुर थापा, सांसद लालकाजी गुरूंग, कास्की कांग्रेसका नेताहरू देवराज चालिशे, सोभियत बहादूर अधिकारी, शारदा पौडेल, सूदिपमोहन भट्टराई, प्राडा कूश्माकर न्यौपाने लगायतले मन्तब्य राखेका थिए।





