आर्थिक

एन आइ सी एशिया रेमिटको जापानबाट शुरु, दुई नयाँ शाखा पोेखरामा उद्घाटन

काठमाण्डौ । एन आई सी एशिया बैंकले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको शुरुवात गरेको छ । ओके रेमिट जापान सँगको सम्झौताअनुसार ओके रेमिटमार्फत् जापानमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ वटा शाखाहरु, ७० वटा विस्तारित काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सक्नेछन् । यसका साथै नजिकिँदो चाडपर्वको अवसरमा जापानमा रहेका नेपालीहरुले २०७६ असोज महिनाभर ओके रेमिट जापानबाट एन आई सी एशिया रेमिटमार्फत् भुक्तानी हुने गरी नेपालमा निःशुल्क रकम पठाउन सक्नेछन् ।

यसैगरी नेपालका समग्र भौगोलिक क्षेत्रहरुमा आफ्नो उपस्थिति थप दरिलो बनाउने क्रममा एन आई सी एशिया बैंकको दुई नयाँ शाखाहरु पोखराको बाझापाटन र वीरगञ्जको पावरहाउस चोकमा यही आश्विन ६ गतेदेखि सञ्चालनमा आएको छ । कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं १३ स्थित बाझापाटन शाखाकोे समुद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री  किरण गुरुङले गरे । त्यस्तै पर्सा जिल्ला, वीरगञ्ज महानगपालिका वडा नं १३ स्थित पावरहाउस चोक शाखाको समुद्घाटन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष  गोपाल केडियाले गरे ।