काठमाडौं । आगामि मंसिर १४ गते हुने उपनिर्वाचनका बारेमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । भोलीका लागि बोलाएको केन्द्रीय समिति बैठकमा छलफल हुने एजेण्डाका बारेमा साझा धारणा बनाउन पनि बैंठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्ने बैंठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका बारेमा छलफल हुने छ । आजको औपचारिक छलफलपछि पार्टीबाट निर्वाचन लड्ने उमेदवारका बिषयमा भोली बस्ने केन्द्रीय समितिको बैंठकले आवश्यक निर्णय गर्नेछ ।
उनले नेपाल बिद्यार्थी संघ र नेपाल तरुण दललगायतका भातृसंगठनलाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताए । भोली बस्ने केन्द्रीय समिति बैठकपछि नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति आउन सक्ने उनको भनाई थियो ।
समसामयिक राजनीतिक विषय वस्तु, संवैधानिक परिषद्, सत्य निरुपण तथा मेलमिलाप आयोग, उपनिर्वाचनको तयारीलगायतका विषयमा हिजो पनि नेपाली काँग्रेसको पदाधिकारी बैंठकमा छलफल भएको थियो ।





