काठमाण्डौ । एक युवतीलाई देउसी खेल्न फकाएर बोलाई बलात्कार गरेको अभियोगमा नेकपाको भातृसंस्था अनेरास्वबियूका केन्द्रीय सदस्य इन्द्रहागं राईलाई प्रहरीले पक्राउ गरेको छ । आर आर क्याम्पसमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत रहेका राईलाई काठमाण्डौ बौद्ध प्रहरीबाट खटिएको टोलीले आज बिहानै पक्राउ गरेको हो । पीडितको दिदी साथी भएको र त्यहीबाट चिनजान भएपछि राई नजिकिएको बताईएको छ ।
बौद्ध प्रहरी प्रमुख रमेश बहादुर सिंहका अनुसार अहिले हिरासतमा राखिएको छ उनलाई अदालत खुलेपछि जबरजस्तीकरणी सम्बन्धी कसूरमा म्याद थपिनेछ । नेकपाका नेता समेत रहेका निबर्तमान सभामुख कृष्ण बहादुर महरा अनामनगर प्रहरीको हिराशतमा रहेका बेला नेकपाका कार्यकर्ता एबम् विद्यार्थी नेता राई बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।





