काठमाडौं । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतद्वारा अतिक्रमीत नेपाली भूमी फिर्ताको माग गर्दै गरिएको बिरोध पर्दशनमा भएको सरकारी हस्तक्षपको बिरोध जनाएको छ ।
नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले कालापानी ,लिम्पियाधुरा र लिपुलेक समावेस गरी भारतले जारी नगरेको नयाँ नक्साको बिरोधमा दार्चुलाको सदरमुकाम खलंगामा गरीएको आन्दोलनका क्रममा संगठनका विद्यार्थि नेताहरुलाई गरेको गिरफतारीको प्रति आपक्ति जनाएको छ ।
संगठनका संयोजक विरेन्द्र साहले आज एक विज्ञप्ति जारी गर्दै मंसिर १० गते भारतबिरुद्धको प्रर्दशनमा संगठनका ६ जना विद्यार्थी नेता तिलक, सुवास, ध्वनि, ललित, गणेश र दिपक लाई गिरफ्तार गरि झुठ्ठा मुद्दा लगाएको भन्दै तत्काल रिहाईको माग गरेका छन् ।
साथै गिरफतार गरेको २१ दिन पछि जिल्ला प्रशासन कार्यालय दार्चुला बाट धरौटीमा रिहा गर्ने आदेश जारी हुँदा अन्य पाँच जना सदस्य रिहा भएपनि सङ्गठनका केन्द्रिय सदस्य तिलक कुवर लाई पुनः गिरफ्तार गरि बझाङ लिएर गएको प्रति घोर भत्सर्ना र कडा निन्दा गरेका छन् ।
विज्ञप्ति मार्फत उनले मानवअधिकारवादी, कानुन व्यवसायी, युवा विद्यार्थीहरु सबैमा पनि अपिल पनि गरेका छन् । सङ्गठनका केन्द्रिय सदस्य तिलक कुवर लाई स–सम्मान रिहाईको माग गरेका छन् ।






